काठमाडौं । सुनचाँदी बजारमा आज छापावाला सुनको मूल्य हजार रुपैयाँले बढेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको १ हजार ३ सय ५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।