images
images

कान्तिपुर टेलिभिजनले आईपीओ जारी गर्दै


  • 356
    SHARES
  • २०७९ चैत्र २ गते बिहीबार

    कान्तिपुर टेलिभिजनले आईपीओ जारी गर्दै

    काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्कले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नका लागि चैत १७ गते विशेष साधारण सभा बोलाएको छ ।

    कम्पनीले चैत १७ गते कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाडौंमा दिउँसो १ बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीको प्रिमियममा आईपीओ जारी गर्ने र बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्ने लगायतका एजेण्डा राखेको छ । 

    कान्तिपुरले ७ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्न सानिमा क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।


    images
    images

    Logo