images
images

विश्व क्रिकेट लिगमा सहभागी नेपाली टिमका सदस्यलाई एनएमबि बैंकले २१ हजार दिने 


  • 251
    SHARES
  • २०७९ चैत्र २ गते बिहीबार

    विश्व क्रिकेट लिगमा सहभागी नेपाली टिमका  सदस्यलाई एनएमबि बैंकले  २१ हजार दिने 

    काठमाडौं । विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै एनएमबि बैंकले नेपाली टिमका सबै सदस्यलाई जनही २१ हजार रुपैया दिने घोषणा गरेको छ । बैंकले सम्मान र हौसला स्वरुप टिमका सबै १६ जनालाई जनही २१ हजार रुपैया दिने भएको हो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीका अनुसार,  राष्ट्रका  गौरवका रुपमा रहेका क्रिकेट खेलाडीले अब्बल खेलमार्फत राष्ट्रको नाम उचो राख्न अतुलनीय योगदान पु¥याएका कारण प्रोत्साहन स्वरुप सानो सहयोग गरिएको हो । खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतले फड्को मार्ने कुरालाई मध्यनजर गर्दै प्रतिभाशाली खेलाडीलाई सम्मान  स्वरुप सहयोग गर्ने निर्णय गरेको कार्यकारी अधिकृत केसीले बताए ।

    २०१९ देखि शुरु भएको विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमध्ये १८ वटामा जित हात पारेको नेपाली टिमले आज अनितम खेल युएईसँग खेल्दैछ । सोे खेलमा जित हात पारेमा नेपाल सिधै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । 
    आज जित हात पारेमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ । यो नगद पुरस्कारले पनि आजको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने अपेक्षा बैंकले लिएको छ ।


    images
    images

    Logo