images
images

प्रभु बैंकको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा


  • 237
    SHARES
  • २०७९ चैत्र २ गते बिहीबार

    प्रभु बैंकको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । प्रभु बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले ७ संस्थापक शेयरधनीको नाममा रहेको कुल ५ लाख ७ हजार ९ सय ३७ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    उक्त शेयरको मूल्य न्युनतम १ सय २५ रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म तोकिएको बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ । 

    यसरी संस्थापक शेयर विक्री गर्न चाहाने संस्थापकहरुमा संजय कुमार मोरको नाममा ३८ हजार २ सय ८३ पकत्ता, भोज कुमार सिटौलाको नाममा रहेको ३३ हजार १८ कित्ता, सुचित्र मान शाक्यको ३० हजार ६ सय ५० कित्ता र कसष्ण प्रसाद आचार्यले ८३ हजार ४ सय ६८ कित्ता संस्थापक शेयर प्रतिकित्ता १ सय ५० रुपैयाँमा विक्री गर्न लागेका छन् । 

    त्यस्तै, श्रवण कुमार अग्रवालको ५९ हजार ७ सय ५९ कित्ता, राजेश कुमार अग्रवालको ५९ हजार ७ सय ५९ कित्ता र विनिता अधिकारीको नाममा रहेको २ लाख कित्ता १ सय २५ रुपैयाँमा विक्री गर्न लागेका छन् ।

    तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।


    images
    images

    Logo