काठमाडौं । ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बिहीवार हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि ३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । तसर्थ, चैत २ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउँनेछन् ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले चैत २९ गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सले चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.१७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत १६ गते साधारणसभा बोलाएको छ।
स्वाभिमान लघुवित्तले चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १.०५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत ११ गते साधारणसभा बोलाएको छ।
यस अनुसार चैत २ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।



