images
images

खप्तडी बुढाथोकी क्षेत्री समाजको २३ औं केन्द्रीय साधारणसभा चैत ४ र ५ गते 


  • 698
    SHARES
  • २०७९ चैत्र १ गते बुधबार

    खप्तडी बुढाथोकी क्षेत्री समाजको २३ औं केन्द्रीय साधारणसभा चैत ४ र ५ गते 

    भक्तपुर । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज (केबीएस) को २३ औं केन्द्रीय साधारणसभा चैत ४ र ५ गते काठमाडौंमा हुने भएको छ ।
    समितिको केन्द्रीय समिति बैठकको निर्णय अनुसार अरिकल ईभेण्ट महाराजगञ्जमा हुने साधारणसभालाई सफलतापुर्वक सम्पन्न गर्न ७ वटै प्रदेश र प्रवासमा समेत बसोबास गरिरहेका बन्धुहरुलाई सहभागी गराई मुल आयोजक समिति र उपसमितिहरु गठन गरिएको समाजका अध्यक्ष बिकेन्द्र कुमार दीप बिसीले बताए ।

    “कुल बंशको रक्षा गरौं संस्कार र संस्कृतिको जगेर्ना गरौं ”भन्ने नारा सहित आयोजना हुन लागेको साधारण सम्पन्न गर्न अध्यक्ष बिकेन्द्र कुमारको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको समाजका महासचिब डम्बरबहादुर बुढाथोकीले जानकारी दिए ।

    यसैगरी समाजका उपमहासचिब पुष्करराज बुढाथोकीको संयोजकत्वमा प्रचारप्रसार समिति,बरिष्ठ उपाध्यक्ष गणेशबहादुर बुढाथोकीको संयोजकत्वमा हल ब्यबस्थापन समिति ,केन्द्रीय सदस्य प्रकाश बुढाथोकीको संयोजकत्वमा जलपान ब्यबस्थापन समिति,केन्द्रीय सचिब कुमारप्रसाद बुढाथोकीको संयोजकत्वमा प्रतिनिधि ब्यबस्थापन समिति ,केन्द्रीय कोषाध्यक्ष डिल्लीकुमार बुढाथोकीको संयोजकत्वमा आर्थिक ब्यबस्थापन समिति ,उपाध्यक्ष हरिबहादुर बुढाथोकीको संयोजकत्वमा स्वागत,समन समिति,सचिब राजु बुढाथोकीको संयोजकत्वमा बिधान संशोधन मस्यौदा समिति,केन्द्रीय अध्यक्ष बिकेन्द्रकुमार को संयोजकत्वमा सम्मान छनौट समिति र स्मारिका प्रकाशन समिति गठन गरिएको छ ।

    बागमति प्रदेशका सचिब अर्जुन बुढाथोकीको संयोजकत्वमा यातायात ब्यबस्थापन समिति,केन्द्रीय सल्लाहकार हरिभक्त बुढाथोकीको संयोजकत्वमा अनुगमन समिति,केन्द्रीय सल्लाहकार कृष्णबहादुर बुढाथोकीको संयोजकत्वमा प्राथमिक स्वास्थ्य उपचार समिति,केन्द्रीय सदस्य मेखबहादुर बुढाथोकीको संयोजकत्वमा स्वयम् सेवक परिचालन समिति र महासचिब डम्बरबहादुरको स्.योजकत्वमा ५ सदस्यीय सचिवालय गठन गरिएको प्रचार प्रसार समितिका संयोजक पुष्करराज बुढाथोकीले बताए ।

    साधारण सभामा देशका ६० भन्दा बढी जिल्लामा बसोबास गर्ने खप्तडी बुढाथोकीको प्रतिनिधिमुलक सहभागिता रहने बताईएको छ ।
    कार्यक्रममा पुर्वमन्त्री एबं नेपाली कांग्रेस नेता केशबकुमार बुढाथोकी,नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सांसद प्रकाश ज्वाला(बुढाथोकी),राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.प्रभु बुढाथोकी,बरिष्ठ साहित्यकार बियोगी बुढाथोकी,नेपाल सरकारका पुर्व सचिब कृष्णबहादुर बिसी ,डा.केदार बुढाथोकी,तेजबहादुर बुढाथोकी लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।साधारण सभाले नयाँ कार्य समिति समेत चयन गर्ने भएको छ ।

    नेपालका जातिय वर्गीकरणअनुसार क्षत्रीय जातमा पर्ने थर ÷बुढाथोकी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषत नेपालीहरूको थर हो।

    खप्तडी बुढाथोकीहरू मूलतः खस क्षेत्री हुन् । बुढाथोकीहरू कर्णाली प्रदेश हुँदै नेपालका प्रायः सबै जिल्लामा बसोबास गर्दछन् । पू्र्वमा भारतको असाम राज्यसम्म बुढाथोकीहरूका बसोबास भएको पाइन्छ । नेपालमा बढी संख्यामा जुम्ला, हुम्ला,अछाम, दैलेख,सल्यान, दाङ, दोलखा, रामेछाप, ओखलढुंगा, खोटाङ र झापा जिल्लामा बुढाथोकीहरूको बसोबास रहेको पाइन्छ ।

    बुढाथोकीहरू अन्य खस क्षेत्रीहरू झै खप्परमष्ट पुजक हुन् । बुढाथोकीहरूले पनि मूलतः कुलदेवता पूजा वा देवाली गर्ने गर्छन् । नेपालमा मानिने सनातन हिन्दु धर्मअनुसारका सबै पर्व मान्ने गरेका छन् ।


    images
    images

    Logo