काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढाएको छ । डीडीसी बिहीवारदेखि लागूहुने गरि दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरेको हो ।
नयाँ मूल्य कायम भएसँगै अब डीडीसीको दूधको प्रतिलिटर मूल्य ९७ रुपैयाँ कायम भएको छ । हाल दुधको मूल्य ८६ रुपैयाँ रहेको छ । अब डीडीसीको दूधको प्रति प्याकेट मूल्य साढे ५ रुपैयाँ वृद्धि हुने छ ।
सरकारले यस अघि आजदेखि नै लागू हुनेगरि दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको थियो ।