images
images

१५ अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक


  • 335
    SHARES
  • २०७९ चैत्र १ गते बुधबार

    १५ अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार १५ अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव देखिए पछि बैंकले रिपो मार्फत सो बराबरको रकम बजारमा पठाउन लागेको हो ।

    राष्ट्र बैंकले बुधवार सूचना जारी गर्दै चैत १६ गते परिपक्व हुने गरी १५ अर्ब बराबरको रिपो बोलकबोल गर्ने भएको छ । उक्त बोलकबोल अनलाइन माध्यमबाट हुनेछ । 

    बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् । राष्ट्र बैंकले यस अघि फागुन १८ गते २० अर्बको रिपो जारी गरेको थियो ।


    images
    images

    Logo