काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा राप्रपाले भोट नहाल्ने निर्णय गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको हो ।
यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो । उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ । उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेका छन् ।