काठमाडौं । काठमाडौं महानगरपालिकाले चालुआर्थिक बर्षको २०७९/८० को ८ महिनामा लक्ष्यको ४३ दशमलव ८२ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । महानगरपालिकाले चालु आर्थिक बर्षमा १० अर्ब ४१ करोड ९५ लाख राजश्व उठाउने लक्ष्य राखेकोमा ४ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ मात्रै उठाएको हो ।
संकलन भएको रुपैयाँ मध्ये सवैभन्दा धेरै राजस्व मनोरञ्जन करबाट उठेको छ । महानगरले मनोरञ्जन करबाट १८१.६५ प्रतिशत कर उठाएको छ । महानगरले मनोरञ्जनबाट ५०करोड रुपैयाँ बराबरको लक्ष्य राखेकोमा ९० करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको हो ।
घर वहालबाट १ अर्ब १८ करोड रुपैया राजस्व संकलन भएको छ। पुसमसान्तसम्मा घर वहालबाट ५९.८ प्रतिशत राजस्व संकलन गरेको हो । सम्पति करवाट ६५ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । सो रकम ६५.२ प्रतिशत हो ।
यस्तै महानगरले नक्सापास दस्तुरबाट ४१ करोड रुपैयाँ उठाएको छ । यो शीर्षकमा महानगरले चालु आवभरिमा ७५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।



