काठमाडौं । छिमेक लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ५८ लाख २० हजार रुपैयाँ तलव भत्ता दिएको छ । लघुवित्तल गत आर्थिक वर्ष २०७८/७९ मा सीईओलाई तलवभत्ता बापत सो रुपैयाँ भुक्तानी गरेको हो ।
कम्पनीले सीईओलाई तलब बापत ५८ लाख रुपैयाँमाथि देखाइएको छ । जसमा तलब मात्रै १० लाख ८० हजार, भत्ता वापत १८ लाख, दशैं भत्ता स्वरुप २ लाख ४० हजार, दुर्घटना बीमा वापत २३ लाख रुपैयाँ र औषधोपचार बीमा वापत २ लाख रुपैयाँ गरी ५८ लाख २० हजार रुपैयाँ दिएको छ ।
त्यस्तै, संस्थामा अन्य १० जना कार्यकारी पदाधिकारीहरुको वार्षिक तलब भत्ता भने एक करोड ६७ लाख ४ सय रुपैयाँ छु्ट्याएको छ । संस्थामा व्यवस्थापकीय। प्रबन्धकलाई वार्षिक २ लाख रुपैयाँ देखि ३ लाख रुपैयाँसम्मको दुर्घटना बीमा तथा ११ लाख ५० हजार रुपैयाँदेखि १२ लाख ५० हजार रुपैयाँ बराबरको दुर्घटना बीमा छुट्याइएको छ ।



