images
images

जुवातास खेलीरहेको अवस्थामा १४ जना पक्राउ 


  • 204
    SHARES
  • २०७९ चैत्र १ गते बुधबार

    जुवातास खेलीरहेको अवस्थामा १४ जना पक्राउ 

    काठमाडौं । प्रहरीले जुवातास खेलीरहेको अवस्थामा १४ जना पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुवँर समेत १४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ८० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरको हो । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo