काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनको लागि फोटोसहितको मतपत्र सार्वजनिक गरेको छ । संघीय सांसद (प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य)का लागि र प्रदेश सभा सदस्यहरुका लागि छुट्टाछुट्टै मतपत्र सार्वजनिक गरेको छ ।
उपराष्ट्रपतिको लागि ४ जनाको उम्मेदवारी परेकाे छ । उपराष्ट्रपतिका लागि रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झा उम्मेदार छन् ।
अर्का उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेको छिन् भने उनले जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवलाई समर्थन गर्ने जनाएकी छिन् । उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपनि आयोगले दिएको समयसीमाभित्र फिर्ता नलिएका कारण मत्रपत्रमा उनको पनि नाम र फोटो छ ।
उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ गते हुँदैछ ।

