images
images

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन


  • 362
    SHARES
  • २०७९ चैत्र १ गते बुधबार

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घ अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन भएका छन् । पैँतीस सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेपछि त्ससमध्येबाट पदाधिकारी चयन गर्ने विधानअनुसार सङ्घको पदाधिकारीमा सर्वसम्मत चयन गरिएको हो । 

    सङ्घका अध्यक्षमा अनिल अग्रवाल (पटावारी), वरिष्ठ उपाध्यक्षमा हरि गौतम, उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशिष लाठ, कोषाध्यक्षमा शिवजीप्रसाद साह कलवार, उद्योग सचिवमा सुशान्त चाचान, वाणिज्य सचिव प्रेमचन्द गोयल सर्वसम्मत चयन भएको सङ्घले जनाएको छ । त्यस्तै सहकोषाध्यक्ष अनोज रूंगटा, सहसचिवमा नरेश टिवडेवाल र निरज अग्रवाल पनि सर्वसम्मत चयन भएको छ ।

    पदाधिकारीका लागि मनोनयन दर्ता गरेकामध्ये उपाध्यक्षबाहेक अन्य पदमा कसैको पनि उम्मेदवारी नपरेको र उपाध्यक्षमा वार्तापछि सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए ।


    images
    images

    Logo