काठमाडौं । हिमालयन हाइड्रोपावरले साधारणसभा बोलाएको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
सो बैठकले चैत २४ गते साधारणसभा बोलाएको छ । सो सभाकोे सञ्चालकहरुको सुविधा वृद्धि गर्ने तथा सो सँग सम्बन्धित नियमावली संशोधन गर्ने, लेखा परिक्षकको नियुक्ति गर्ने साथै निजको पारिश्रमिक तोक्ने, सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोन गर्ने निर्णय गरेको छ ।