images
images

भाडा नतिर्ने २६ व्यवसायीलाई १५ दिनभित्र खालि गर्न महानगरको निर्देशन


  • 241
    SHARES
  • २०७९ चैत्र १ गते बुधबार

    भाडा नतिर्ने २६ व्यवसायीलाई १५ दिनभित्र खालि गर्न महानगरको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २ वर्षदेखि भाडा नतिर्ने २६ व्यवसायीलाई १५ दिनभित्र खालि गर्न निर्देशन दिएको छ । महानगरले बुधवार सूचना जारी गर्नै सो निर्देशन दिएको हो । 

     महानगरले न्यू बेबी ल्यान्ड, राजकुमार थापा, राजेन्द्र कुमार ओझा, रुद्र, राम लामा, लकी सुज, भिम बिक, प्रदिप खड्का, सन्तोष सिवाकोटी, गणेश शाक्य, नारायण गौतम, राजेन्द्र दवाडी, बिग थकाली, सन्तोष घिमिरे, ब्युटी पार्लर, सुष्मा घिमिरे, प्रदिप सुवेदी, दिपेन्द्र आचार्य, सुरेन्द्र ठाकुर, के।पी। बर्तौला, बिरेन्द्र गुरुङ, लाल कुमार आचार्य, रिना, आईएमई, हजुरको खाजा घर र माईको बस समितिलाई १५ दिनभित्र खालि गर्न निर्देशन दिएको छ । 

    महानगरले गोंगबु स्थित गल्फ रियल स्टेट प्रालिको नाममा दर्ता कित्ता नम्बर २२७, ७७ २९० २९२, २९४, २२४, २२६, २९५ र ७९ मा नक्सा पास नगरी निर्माण भएका घर टहराहरुमा व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुलाई खाली गर्न १५ दिन दिएको छ । 

    ktm.JPG


    images
    images

    Logo