काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यभार सम्हालेको भालिपल्टै प्रमुख स्वकीय सचिवमा डा। चालिसेलाई नियुक्त गरेका हुन् ।
पूर्व राजदूत समेत रहेका चालिसेले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकारका रूपमा समेत काम गरेका थिए ।
त्यसैगरी राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले सचिवालयमा पहिलो चरणमा दुई जनालाई नियुक्त गरेका हुन् ।