images
images

खानेपानीको पाइप बिछ्याउन खन्दा बम फेला परेपछि....


  • 272
    SHARES
  • २०७९ फाल्गुण ३० गते मंगलबार

    खानेपानीको पाइप बिछ्याउन खन्दा बम फेला परेपछि....

    कालीकोट । जिल्ला अदालत कालीकोट नजिकै बम फेला परेको छ । सदरमुकाम मान्मस्थित जिल्ला अदालतको उत्तरतर्फको पर्खाल नजिकै बाकसभित्र बम फेला परेको हो ।

    खानेपानी पाइपलाइनका लागि खन्ने क्रममा मंगलबार दिउसो सानो बाकसभित्र बम फेला परेको हो । बाकसमा तारजडान गरी प्लाष्टिकमा बेरेर राखेको अवस्थामा बम फेला परेपछि नेपाली सेनाले निस्क्रिय बनाएको थियो ।

    सो बम सशस्त्र द्धन्द्धका क्रममा  छाडिएको हुनसक्ने प्रहरीको अनुमान छ । गत कात्तिक १२ गते स्थानीय तिलागुफा १० रानावाडामा बेवारिसे बम खेलाउँदा २ बालबालिकाको ज्यान  गएको थियो भने ३ जना घाइते भएका थिए । 

    माओवादी शान्ति सम्झौतामा आएपछि जिल्लाका ९ ठाउँमा भएका बेवारिसे बम विस्फोटमा परेर ७ जनाले ज्यान गुमाई सकेका छन् भने ६ जना घाइते भएका छन् ।


    images
    images

    Logo