images
images

सिभिल लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त 


  • 337
    SHARES
  • २०७९ फाल्गुण ३० गते मंगलबार

    सिभिल लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त 

    काठमाडौं । सिभिल लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । लघुवित्तले शेयर सम्वन्धि सम्पर्ण काय गर्ने हिमालयन क्यापिटलमा नियुक्त गरेको हो । 

    यससँगै सिभिल लघुवित्तको धितोपत्र कारोबार सम्वन्धि अधिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने र शेयर धनीको लागत अद्यावधि गर्ने सम्पूर्ण काम हिमालयन क्यापिटले गर्ने भएको छ ।

    चैत्र १ गतेदेखि लागु हुने गरि हिमालयन क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको लघुवित्तले जनाएको छ। साथै, हाल सिभिल क्यापिटलबाट प्रदान हुँदै आएको सेयर रजिष्ट्रार सेवा सम्बन्धी कार्यहरू सेयर रजिष्ट्रार सेवा हस्तान्तरणका लागि आवश्यक कामकारबाही सम्पन्न गर्नका निम्ति चैत्र १ गते देखि चैत्र ०७ गतेसम्म बन्द रहने कम्पनीले उल्लेख गरेको छ ।

    सिभिल लघुवित्त र हिमालयन क्यापिटल दुवै हिमालयन बैंकका सहायक कम्पनी हुन् ।


    images
    images

    Logo