images
images

पार्किङमा छाडेको पाँच मिनेटमै बाईक गायव 


  • 253
    SHARES
  • २०७९ फाल्गुण ३० गते मंगलबार

    पार्किङमा छाडेको पाँच मिनेटमै बाईक गायव 

    काठमाडौं । पार्किङमा छाडेको पाँच मिनेटमै राजधानीबाट एउटा मोटरसाइकल गायव भएको छ । प्रहरीका अनुसार, शुक्रवार मध्यराती काठमाडौंको कोटेश्वरस्थित आकाशे पुल नजिकै पार्किङमा राखेको मोटरसाइकल पार्किङमा राखेको पाँच मिनटमै गायव भएको हो । 

    कस्मिक बचत तथा ऋण सहकारी संस्था भक्तपुरको नाममा रहेको  बा। प्र।–०२–०३७ प ७२५२ नं. मोटरसाईकल धादिङ ज्वालामुखीका प्रिन्स मगरले पठाओका रुपमा चलाउँदै आएका थिए । शुक्रवार राती करिव १२ वजेतिर पार्किङमा छाडेर पाँच मिनटमै शौचालय गएर आउँदा मोटरसाइकल हराएको मगरले बताए । 

    २२० सी.सी.क्षमताको कालोमा रातो रंगको सो पल्सर मोटरसाईकल हराउँने बित्तिकै प्रहरीमा निवेदन दिएपनि हालसम्म फेला नपरेको मगरले बताए । छ महिनाअघि मात्र सहकारीमा कर्जा लिएर नयाँ मोटरसाइकल किनेर पठाओका रुपमा चलाई परिवारको गुजारा चलाउँदै आएकोमा  कमाई खाने मोटरसाईकल हराएपछि मगर थप समस्यामा परेका छन् ।


    images
    images

    Logo