काठमाडौं । वीर अस्पतालले ५ जना नर्सलाई सेवाबाट हटाएको छ । अस्पतालका उक्त नर्सहरुले अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएको भन्दै उनीहरुलाई सेवाबाट हटाइएको हो ।
यसरी सेवाबाट हटाइएका नर्सहरुमा सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् ।
५ जनानै नर्सले अस्पतालमा जानकारी नगराई बिदा बसेको र अस्पतालले ३० दिनभित्र सम्पर्कमा आउन सूचना जारी गर्दा पनि हाजिर हुन नआएपछि सेवाबाट हटएको अस्पतालले जनाएको छ ।