काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य निरन्त उकालो लागिरहेको छ । मंगलवार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।
सोमवार प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।