काठमाडौं । ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मंगलवार मनकामना स्मार्ट लघुवित्त, घरेलु लघुवित्त र आरएमडीसी लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि चैत १ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । तसर्थ, फागुन ३० गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउँनेछन् ।
मनकामना स्मार्ट लघुवित्तले चैत १६ गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, घरेलु लघुवित्तले चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत ११ गते साधारणसभा बोलाएको छ।
आरएमडीसी लघुवित्तले चुक्ता पुँजीको २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.३६८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत १० गते साधारणसभा बोलाएको छ।
यस अनुसार फागुन ३० गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।



