काठमाडौं । रावा इनर्जी डेभलपमेन्टले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले बोर्डबाट फागुुन २९ गते अनुमति पाएको हो ।
कम्पनीले कुल ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्काशनका लागि अनुमति पाएको छ । सो आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।