काठमाडौं । भारतीय एक चलचित्रलेओस्कार अवार्ड पाएका छन् । ‘द एलिफेन्ट विस्पर्र’ नामक चलचित्रले २०२३ को अवार्ड प्राप्त गरेको ओस्कारले जनाएको छ ।
द एलिफेन्ट विस्पर्र कार्तिकी गोंस्लास र गुनित मोंगाले निर्माण गरेका हुन् । उक्त चलचित्रलाई वेस्ट डकुमेन्ट्रि विधाको अवार्ड दिइएको हो । भारतबाटै निर्माण भएको फिल्मले अस्कर जितेको यो पहिलो अवसर हो। यसबाहेक डकुमेन्ट्री फिचर फिल्म 'अल द्याट ब्रिद्सु' पनि मनोयनमा परेको थियो।
मान्छे र जनावरबीचको प्रेम देखाइएको यो डकुमेन्ट्री फिल्ममा तमिलनाडूस्थित मुदुमलाई राष्ट्रिय निकुञ्जमा बस्ने दम्पती बोमन र बेलीको कथा छ। उनीहरूले एउटा सानो अनाथ हात्ती पालेका छन्, जसको नाम रघु हो। बोमन र बेलीले रघुलाई आफ्नो परिवारको सदस्यजत्तिकै माया गर्छन्। रघुको रेखदेखमा उनीहरू कुनै कसर छाड्दैनन्।
कार्तिकी गोन्साल्विसले निर्देशन गरेको यो फिल्म नेटफ्लिक्समा हेर्न सकिन्छ। ३९ मिनेटको यो डकुमेन्ट्री फिल्म सन् २०२२ डिसेम्बर ८ मा प्रदर्शन भएको थियो।



