काठमाडौं । सरकारले रासायनिक मलको मूल्य बढेको छ । सरकारले युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले बढेर हो । सरकारले रासायनिक मलमा दिंदै आएको अनुदान कटौती गरेसँगै सबै प्रकारका रासायिनक मलको मूल्य साविकको भन्दा महँगो भएको हो ।
बढेको मूल्यअनुसार अब युरिया मलको प्रतिकिलो किसान मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ । यस अघि १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१ रुपैयाँ रहेको थियो ।
सरकारले रासायनिक मलमा ७० प्रतिशत अनुदात दिँदै आएको फागुनमा ५९.४ प्रतिशतमा झारेको थियो । ११.७८ प्रतिशतले अनुदान कटौती गर्दा किसानलाई मलको खरिद लागत बढेको हो । अहिले युरिया मलको अनुदान ८०.११ प्रतिशतबाट घटाएर ६४.४९ प्रतिशत कायम गरिएको छ ।
यस्तै डीएपी मलको अनुदान ५९.४ प्रतिशतबाट घटाएर ५२.३८ प्रतिशतमा सीमित गरिएको छ भने पोटासमा दिंदै आइएको ५८.२ प्रतिशत अनुदानलाई घटाएर ४६.०९ प्रतिशत कायम गरिएको छ ।



