काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शितल निवासबाट बिदाइ गरिएको छ ।नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरिएको हो ।
उनलाई नेपाली सेनाले २१ तोपको सलामी दिएर बिदाइ गरिएको छ। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मायाको चिनोको रूपमा आँखीझ्याल दिएका थिए।
राष्ट्रपतिमा भण्डारी पहिलो कार्यकालका लागि २०७२ कार्तिकमा निर्वाचित भएकी थिइन् । पहिलो कार्यकाल करिब २२ महिनाको रहेको थियो । उनी दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ मा निर्वाचित भएकी थिइन् ।
निवर्तमान भण्डारीको कार्यकाल हिजो बेलुका सकिएको हो ।
