images
images

उपराष्ट्रपतिमा प्रमिला यादवको उम्मेदवारी फिर्ता, रामसहाय यादवलाई समर्थन गर्ने 


  • 713
    SHARES
  • २०७९ फाल्गुण २९ गते सोमबार

    उपराष्ट्रपतिमा प्रमिला यादवको उम्मेदवारी फिर्ता, रामसहाय यादवलाई समर्थन गर्ने 

    काठमाडौं । जनता समाजवादी पार्टीकी प्रमिला कुमारी यादवले आफ्नो उपराष्ट्रपति उम्मेदवारी फिर्ता लिएकी छिन् । उनले सोमबार सुचना जारी गर्दै उपराष्ट्रिपति उम्मेदवारी फिर्ता लिग्दै  जनता समाजवादी पार्टी कै रामसहाय यादवलाई समर्थन गर्ने निर्णय गरेकी हुन् । 

    उपराष्ट्रपतिका लागि विभिन्न आन्दोलन र संघर्षमा सक्रिय रुपमा लागेका रामसहाय यादव उपराष्ट्रपति पदका लागि सक्षम र योग्य उम्मेदवार रहेको बताएकी छन् ।  प्राविधिक रुपमा उक्त पदका लागि आफ्नो नाम रहेपनि प्रतिवद्धताका साथ रामसहाय यादवलाई समर्थन गर्ने प्रमिलाकुमारीले बताएकी छन् । प्रमिलाकुमारीले फागुन २७ गते उक्त पदका लागि आफूले मनोनयन दर्ता गराएकी थिइन् ।

    चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै चार जनाको उम्मेदवारी कायम रहेको जनाएको छ । जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका दुईजनाकै उम्मेदवारी कायम रहेकाे छ । 

     

     


    images
    images

    Logo