काठमाडौं । पपुवा न्युगिनीले नेपाललाई ९६ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्ययालयको खेल मैदानमा भइरहेको आईसीसी पूरुष क्रिकेट विश्वकप लिग २ अन्र्तगत आज भएको खेलमा पीएनजीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै ९५ रन बनाउँदा सबै विकेट गुमाएको हो ।
नेपालका लागि सन्दिप लामिछानेले ५, कुशल मल्लले २, ललित राजवंशीले २ र सोमपाल कामीले १ विकेट लिए ।