काठमाडौं । महालेखा नियन्त्रण कार्यालयले सरकारी बाँकी रकम नतिर्ने ६३ जनाको तिनपुस्ते नाम सार्वजनिक गरेको छ । सरकारी रकम बुझाउन पटक पटक सुचना जारी गर्दा पनि उनीहरुले रकम नतिरेपछि कार्यालयले नाम सार्वजनिक गरेको हो ।
उनीहरुलाई बुझाउन बाँकी रकम सुचना जारी भएको मितिले ३५ दिन भित्र व्याज सहित बुझाउन भनेको छ । उक्त समयमा रकम नतिरेमा थप कारबाही अगाडी बढाउने र यसो गर्दा सरकारी बाँकी हुनेहरुको आर्थिक हानीनोक्सानी र सामाजिक प्रतिस्ठान क्षति हुन गएमा आफु जिम्मेवार नहुने कार्यालयले जनाएको छ ।
सरकारी बाँकी रकम नतिर्नेहरुमा ठेकेदार, प्रहरी, व्यापारी, सरकारी कर्मचारी लगायत छन् । कतिपय अमेरिका र भारत ठेगाना भएकाहरु कम्पनीका सन्चालकको नाम पनि सूचीमा छ ।नेपाल रिक्रियसन सेन्टरको मात्रै ९० करोड रुपैयाँभन्दा बढी बक्यौता छ ।
यस्तै दि फुलबारी लिमिटेड पोखराको ४१ करोडभन्दा बढी र होटल याक एण्ड एतीको २० करोडभन्दा बढी बक्यौता छ । लामा कन्स्ट्रक्सन, खुम्बु कन्स्ट्रक्सन लगायतका निर्माण कम्पनीका सन्चालकको नाम पनि सरकारी बाँकी रकम नतिर्नेहरुको सूचीमा छ ।




