काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य बढेको छ । सोकवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ ।
आइतवार एकैदिन १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज फेरि ६ सय रुपैयाँले बढेर १ लाख ४ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँल बढेर १ हजार २ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।