काठमाडौं । कुमारी बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनी बालकृष्ण श्रेष्ठ र चन्द्र बहादुर खत्रीको नाममा रहेको कुल ३ लाख २१ हजार ३ सय ९४ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
उक्त शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । इच्छुक शेयरधनीले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।
साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।