images
images

भक्तपुर अस्पतालमा एकैदिन १० वटा ठुला शल्यक्रिया


  • 1.2K
    SHARES
  • २०७९ फाल्गुण २९ गते सोमबार

    भक्तपुर अस्पतालमा एकैदिन १० वटा ठुला शल्यक्रिया

    भक्तपुर । दुई बर्ष आघिसम्म सामान्य बिरामी पर्दा पनि नजिकै सरकारी अस्पताल भएपनि नीजि अस्पताल जाने भक्तपुरवासी हिजोआज ठुला ठुला बिरामी पर्दा पनि सरकारी अस्पताल जान थालेका छन् । भक्तपुर अस्पतालले पछिल्लो समय न्यून शुल्कमा स्तरीय सेवा दिन थालेपछि स्थानीय नीजि अस्पताल छाडेर भक्तपुर अस्पतालतर्फ मोडिएका हुन् ।

    राजधानीका ठुला अस्पतालको तुलनामा बागमति प्रदेश अन्तर्गतको भक्तपुर अस्पतालमा चिकित्सक, नर्स लगायतका कर्मचारीको संख्या न्युन छ । त्यति हुंदाहुंदै पनि अस्पतालले पछिल्लो समय दिने सेवाभने बीर अस्पताल, निजामति कर्मचारी अस्पताल भन्दा कम छैन ।

    २७ जना बिशेषज्ञ चिकित्सक, १७ जना चिकित्सकसहित जम्मा २ सय ३४ कर्मचारी रहेको भक्तपुर अस्पतालमा दिनमा दश वटासम्म ठुला शल्यक्रीया (अप्रेशन) हुन थालेका छन् । अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमका अनुसार, आइतवार मात्र एकै दिन १० जनाको ठुला शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका छन् ।

    b.jpg

    आज सोमबारका लागि पनि ९ वटा ठुला शल्यक्रियाका लागि तयारी भइरहेको गौतमको भनाई छ । अस्पतालमा आइतवार पाठेघरको ट्युमर, कानको जाली फुटेर नसुन्ने भएको, पाठेघरबाट मासुको टुक्रा निकालेको एक, जटिल डेलिभरी लगायतका शल्यक्रीया गरिएको थियो ।

    दुई वर्षअघिसम्म दैनिक उपचारका लागि आउँने बिरामीको संख्या दुई सयको हाराहारीमा रहेकोमा अहिले बढेर पाँच देखि सात सयसम्म पुगेको अस्पतालको रेकर्डमा उल्लेख छ । आइतबारको मात्र अस्पतालको तथ्याँक हेर्ने हो भने पनि अस्पतालमा ओपिडी जाँचका लागि ५ सय ६२ जना आएका थिए ।

    आइतवार आइसियुका १० बेडमा  ७ जना र एचडियु ६ मध्ये ४ मा बिरामी भर्ना भएको अस्पतालको तथ्याँकले देखाएको छ । पहिले सामान्य बिरामी भएर अस्पताल पुग्दा तत्काल अन्य ठुला अस्पताल रेफर गर्ने गरेकोमा अहिले न्युन शुल्कमा सबै खाले उपचार हुन थालेपछि स्थानीय मात्र होइन, काभ्रे, सिन्धुपाल्चौक, दोलखा, शिन्धुली लगायतका जिल्लबाट समेत उपचारका लागि आउँनेको संख्या उल्लेख्य रुपमा बढेको अस्पताल बिकास समितिका अध्यक्ष रमण कायस्थले बताए ।

    bha.jpg

    कायस्थका अनुसार, पछिल्लो समय मुटु, कान, नसारोग लगायतका सेवा बिस्तार गरिएका कारण पनि बिरामीको चाप बढेर गएको हो । डा. गौतमका अनुसार, अस्पतालले रातोदिन बिरामीको उपचारमा खटिने चिकित्सक, नर्स लगायतलाई पुरस्कृत गरी हौसला प्रदान गर्दै आएको छ भने उपचारमा लापरवाही गर्ने तथा तोकिएको निश्चित समयमा काममा नबस्नेलाई कारवाही गर्ने नीति लिएका कारण पनि बिरामीले समयमा गुणस्तरीय उपचार पाएका छन् ।


    images
    images

    Logo