काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसीको एकदिवशीय मान्यतामा कायम राखेको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई १ सय ७७ रनले हराउँदै एकदिवसीय मान्यता कायम राखेको हो ।
आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७१ रन बनाएको हो ।
आइतबारको खेलमा नेपालले टस जितेर पहिला बलिङ गरेको हो । २४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरेका थिए । ललित राजवंशीले ५ विकेट लिएका थिए भने यूएईका आयन अफजल खानले २९ रन बनाएका थिए ।
यो जितसँगै नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय मान्यता जोगाएको छ । नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।नेपालको यो जित सँगै नेपाल लिग–२ को अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । नेपालले ३४ खेलमा ३६ अंक जोडेको छ । पराजित यूएईले ३४ खेलबाट ३१ अक जोडेको छ । अब नेपालले बाँकी दुई खेलमा जित निकाले सोझै विश्वकप छनोटमा स्थान बनाउने छ ।



