काठमाडौँ । सिन्धुलीमा भएको बस दुर्घटनामा मृत्युु हुनेको संख्या छ पुगेको छ । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् ।मध्य पहाडी राजमार्ग सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा आइतबार बिहान बस दुर्घटना हुँदा ३ महिला र ३ पुरूषको मृत्यु भएको हो ।
प्रहरीका अनुसार, ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
अन्य २२ जनाको खुर्कोटमा उपचार भइरहेको छ । बस तिब्र गतिको कारण भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । फरार रहेका बसका चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।