काठमाडौं । कोशी प्रदेशकाे नामाकरणमा विराेध जनाउँदै राजमार्ग अवरुद्ध गर्ने २२ जना झापाबाट पक्राउ परेका छन् । कोशी प्रदशेको नाम पहिचान सहितको लिम्बुवान किरात नाम राख्नु पर्ने माग गर्दै केही राजनीतिक दल र ३३ जातीय संगठनले आइतबार झापामा राजमार्ग अवरुद्ध पारेका हुन् ।
जनता समाजवादी पार्टी, आदिवासी जनजाति महासंघसहितका घटकहरुको संयुक्त निर्णय अनुसार आइतबार झापामा यातायात बन्द गराइएको छ भने सो हड्ताल साझँ ५ बजेसम्म कायम रहने भएको छ । उनीहरुको माग प्रदेश र केन्द्रीय सरकारले सुनुवाइ नगरे थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, झापाले भने बन्द गराउँदै हिँड्ने २२ जनालाई पक्राउ गरेको हो ।