काठमाडौं । सानिमा लाइफ इस्योरेन्स र रिलायन्स लाइफ इस्योरेन्सको एकीकृत कारोवार चैत ९ गतेदेखि हुने भएको छ । यी दुई बीमा वीमा कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स नाममाबाट चैत ९ गतेदेखि एकीकृत कारोबार गर्ने भएको हो ।
दुवै बीमा कम्पनीलाई नेपाल बीमा प्राधिकरणले फागुन २८ गते कम्पनीलाई मर्जरको लागि अन्तिम स्वीकृती दिएको थियो । दुबै कम्पनीले १ः१ को स्वाप अनुपातमा आपसमा गाभ्ने गाभिने सहमति गरेका हुन् । दुबै कम्पनीको फागुन १२ गते सम्पन्न साधारण सभाबाट गाभ्ने गाभिने सम्बन्धि प्रस्ताव पारित गरि सकेका छन् ।
रिलायन्स लाइफको चुक्ता पूँजी २ अर्ब १० करोड र सानिमा लाइफको चुक्ता पूँजी २ अर्ब रुपैयाँ छ। गाभिएपछि तत्काल चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ।