images
images

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी बदर भएन, उपेन्द्रलाइ सांसद बन्ने बाटाे खुला


  • 283
    SHARES
  • २०७९ फाल्गुण २८ गते आइतबार

    उपराष्ट्रपतिमा यादवको उम्मेदवारी बदर भएन, उपेन्द्रलाइ सांसद बन्ने बाटाे खुला

    काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी बदर नहुने भएको छ । आइतवार निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको हो । 

    उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका यददवको उम्मेदवारी खारेजको माग गदै नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । 

    रामसहाय यादव बारा क्षेत्र नम्बर २ का सांसद हुन् । उनी सत्तारुढ ८ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् । यसअघि गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका रामचन्द्र पौडेल राष्ट्रपतिमा अत्याधिक मतले विजयी भएको अवस्थामा उपराष्ट्रपतिमा यादवको जित समेत सुनिश्चित देखिएको छ । 

    उनी उपराष्ट्रपति बनेसँगै उनको निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुनेछ । जसमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव निर्वाचन लड्ने तयारीमा छन् । आफु सांसद बन्नकै लागि उनले यादवलाई उपराष्ट्रपति बनाउने योजना बनाएका थिए । 

    यादव यसअघि मंसिर ४ गतेको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भारी मतान्तरले पराजित भएका थिए । रामसहायकाे उम्मेदवारी खारेज नहुने भएसँगै उपेन्द्रलाई सांसद हुने बाटाे खुला भएकाे छ ।

     


    images
    images

    Logo