images
images

२ ब्रोकर कम्पनीले शाखा खोल्न बोर्डमा दिए निवेदन, कहाँ कहाँ खुल्दैछ ?


  • 308
    SHARES
  • २०७९ फाल्गुण २८ गते आइतबार

    २ ब्रोकर कम्पनीले शाखा खोल्न  बोर्डमा दिए निवेदन, कहाँ कहाँ खुल्दैछ ?

    काठमाडौं । २ ब्रोकर कम्पनीले आफ्नो नयाँ शाखा खोल्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । नयाँ व्यवस्था अनुसार शाखा खोल्नका लागि सनी सेक्युरीटीज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरीटीजले बोर्डमा निवेदन दिएका हुन् । 

    उक्त कम्पनीमध्ये सनी सेक्युरीटीज कम्पनीले पोखरामा शाखा कार्यलय खोल्न बोर्डमा निवेदन दिएको छ भने आर्यातारा इन्भेष्टमेन्ट एण्ड सेक्युरीटीजले मध्यपुरमा शाखा खोल्नका लागि निवेदन दिएको छ । 

    बोर्डले फागुन ४ गते शाखा कार्यालय खोल्ने निर्देशिका २०७९ लागू गरेको थियो उक्त निर्देशिका अनुसार ब्रोकर कम्पनीहरुले नयाँ शाखा खोल्दा एक पटकमा एउटा मात्रै शाखा खोल्न पाउने व्यवस्था गरेको छ । 


    images
    images

    Logo