कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइ दिएका तीन मन्त्रीले पुनः सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू नन्दसिङ बूढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एक समारोहका बीच प्रदेश प्रमुख गोविन्द कलौनीले पद तथा गोपनीयताको सपथ गराएका छन् ।
बूढा उद्योग, पर्यटन, वन तथा वातावरण, थापा भौतिक पूर्वाधार विकास र कुर्मराज शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएका हुन् । यसअघि एमाले सांसदको हैसियतमा सपथ खाएका उनीहरूलाई फ्लोर क्रस गरेको आरोपमा एमालेले यी तीनसहित चारजनालाई सांसदबाट पदमुक्त गरिसकेको छ ।