images
images

फिकलमा बस दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु , १९ घाइते


  • 316
    SHARES
  • २०७९ फाल्गुण २८ गते आइतबार

    फिकलमा बस दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु , १९ घाइते

    काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । 

    दुर्घटनामा १९ जना घाइते भएका र उनीहरुको   खुर्कोटस्थित  अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले  जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।   


    images
    images

    Logo