काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य एकैदिन १ हजार ७ सय रुपैयाँले बढेको छ । आइतवार छापावाला सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
शुक्रवार १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।