images
images

आज पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना


  • 379
    SHARES
  • २०७९ फाल्गुण २८ गते आइतबार

    आज पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  देशको पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  देशका पहाडी भू-भागका एक(दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।  

    त्यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने  महाशाखाले जनाएको छ।


    images
    images

    Logo