काठमाडौं । तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। शनिबार बन्दीपुर गाउँपालिका-१ नाहालास्थित पृथ्वी राजमार्गमा दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल, डुम्रेको मोती मेडिकल हलमा उपचारका लागि पठाइएको छ ।
प्राथमिक उपचारपछि थप उपचारका लागि ७ जना यात्रुलाई वीर अस्पतालको ट्रमा सेन्टर काठमाडौं, ४ जना यात्रुहरुलाई मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । चालक सामान्य घाइते भएको कारणले तनहुँमै उपचार भइरहेको छ ।