images
images

जसपाबाट २ जनाले गरे उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता


  • 215
    SHARES
  • २०७९ फाल्गुण २७ गते शनिबार

    जसपाबाट २ जनाले गरे उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

    काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)बाटै दुई जनाले  उम्मेदवारी दर्ता गरेका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बानेश्वर पुगेर दुवै जनाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका हुन् 

    यसरी उम्मेदवारी दिनेमा संसदीय दलका नेता रामसहाय यादव र राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादव रहेका छन् । सत्तारुढ चार दल कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच उपराष्ट्रपति जसपाले लिने सहमति भइसकेको छ । त्यसअनुसार संसदीय दलका नेता रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय पनि जसपाले गरेको थियो । 

    तर निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ ।


    images
    images

    Logo