images
images

जसपाका रामसहाय यादवले गराए उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता 


  • 212
    SHARES
  • २०७९ फाल्गुण २७ गते शनिबार

    जसपाका रामसहाय यादवले गराए उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता 

    काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलको नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । 

    शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले उम्मेदवारी दर्ता गरेका हुन् । 

    यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी रहेका छन् । त्यस्तै, उनको समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् । यसअघि एमालेबाट उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवार दिएकी छिन् । 

    उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । 

     


    images
    images

    Logo