images
images

एमालेकी अष्टलक्ष्मी शाक्यले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता 


  • 329
    SHARES
  • २०७९ फाल्गुण २७ गते शनिबार

    एमालेकी अष्टलक्ष्मी शाक्यले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता 

    काठमाडौं ।  नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । शनिबार उनले नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेकी हुन् । 

    उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी शाक्य वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत हुन् ।  शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

    शाक्यको प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छवि लाल विश्वकर्मा गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् । त्यस्तै, समर्थकमा महेश बर्तौला, कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, तुलसा दाहाल र भगवती न्यौपाने रहेका छन् ।

     

     


    images
    images

    Logo