काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिका–८ पाखाटोलमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ रामबहादुर मागरको घरमा आगलागी हुँदा जलेर उनका छोरा र छोरीको मृत्यु भएको हो ।
मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिना मगर र २ वर्षीय छोरा रोजन मगरेको मृत्यु भएको छ । मगरको जस्तापाता लगाएको र ढुंगा–माटोले बनेको घरमा विद्युत् सट भइ अचानक आगलागी भएको हो ।
घटनाको विस्तृत विरण आइसकेको छैन । यसैगरी शुक्रबारै रौतामाई–५ डुडेस्थित मानबहादुर कटुवालले सञ्चालन गरेको रौता राकुली कृषि तथा पशुपन्छी फर्ममा आगलागी हुँदा फर्मभित्र रहेका बोयर जातका ३० वटासहित १ सय १० वटा खसीबाख्रा जलेको प्रहरीले जनाएको छ । आगलागीमा करिब ४४ लाख ४६ हजार रुपैयाँको क्षति भएको प्रहरी जनाएको छ ।