images
images

यस्तो छ आजको मौसम, एक–दुई स्थानमा वर्षाको सम्भावना


  • 301
    SHARES
  • २०७९ फाल्गुण २७ गते शनिबार

    यस्तो छ आजको मौसम, एक–दुई स्थानमा वर्षाको सम्भावना

    काठमाडौं । मौसममा आज पनि आंशिक बदली भएको छ । आज देशका केही भागमा चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    महाशाखाका अनुसार शनिबार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ।   

    आइतबार पनि देशका पहाडी भू–भागका एक÷दुई स्थानमा  मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 


    images
    images

    Logo