images
images

निर्यात जीडीपीको २० प्रतिशत पुर्याउने लक्ष्य 


  • 550
    SHARES
  • २०७९ फाल्गुण २७ गते शनिबार

    निर्यात जीडीपीको २० प्रतिशत पुर्याउने लक्ष्य 

    काठमाडौं । निर्यात व्यापारलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २० प्रतिशत पुर्याउने लक्ष्यसहित नेपाल व्यापार एकीकृत रणनीति तयार भएको छ । जीडीपीमा हाल ६ दशमलव ३ प्रतिशत रहेको वस्तु तथा सेवाको अनुपात बढाएर २० प्रतिशत पु्र्याउने लक्ष्यसहित नयाँ व्यापार रणनीति तयार गरिएको हो ।

    जीडीपीमा हाल ४८.१ प्रतिशत रहेको कुल व्यापार क्षेत्रको अनुपात बढाएर ५५ प्रतिशत पुर्याउने लक्ष्य रणनीतिमा राखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०७९ तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ । 

    मन्त्रालयका उपसचिव भक्तराज जोशीले रणनीतिको मस्यौदा तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेस गर्न लागिएको जानकारी दिए । निर्यात प्रवर्द्धन गरी आयात न्यूनीकरण गर्ने लक्ष्यसहितको रणनीति स्वीकृत भएपछि कार्यान्वयनमा आउने उनले जानकारी दिए ।

    यसअघि सन् २०१६ मा ल्याइएको एकीकृत व्यापार रणनीतिलाई पुनरवलोकन गर्दै नयाँ वस्तु र सेवाको पहिचान गरी नयाँ रणनीति तयार गरेको हो । रणनीतिमा निर्यातको सम्भावना बढी भएका कृषिजन्य  वस्तु,  तरकारी,  फलफूल,  प्रशोधित  सामान, मसला, सुगन्धित तेललाई समावेश गरिएको छ । सिमेन्ट, प्रशोधित पानी, हातेकागज, दलहन, गरगहना,  पास्ता,  कफी  रणनीतिमा  समावेश  गरिएको छ ।

    सेवा क्षेत्रमा दक्ष तथा अर्धदक्ष जनशक्ति, सूचना   प्रविधिमा   आधारित   सेवा,   पर्यटन,   जलविद्युत्, निर्माण सेवालाई नयाँ प्राथमिकताका वस्तुका रूपमा रणनीतिमा राखिएको छ । सेवातर्फ पनि सरकारले उक्त मस्यौदामा जलविद्युत् र सूचना प्रविधि (आईटी) क्षेत्रलाई विशेष प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ ।

    व्यापार सहयोगी पूर्वाधार, संरचना, प्रक्रिया र  नियामकीय  वातावरण  र  व्यापार  सुधार  गर्ने,  प्रतिस्पर्धी  वस्तुु  तथा  सेवाको  विकास  र  निर्यात  बजारको विस्तार गर्ने रणनीतिका मुख्य स्तम्भका रूपमा रहेका छन् ।

    व्यापार पूर्वाधार विकास गरी निर्यात सम्भाव्य वस्तुको उत्पादन तथा निर्यात वृद्धि गर्ने, निर्यात गरिने  प्रमुुख  वस्तुु,  सूचना  प्रविधिमा  आधारित  वस्तु तथा सेवा र निर्माण सेवाको निर्यातमा नगद प्रोत्साहन दिने, स्वदेशी कच्चा पदार्थ उत्पादनमा आधारित उदीयमान नयाँ निर्यात वस्तुलाई नगद प्रोत्साहन दिने रणनीतिमा उल्लेख छ । 

    औद्योगिक कच्चा पदार्थ र तयारी वस्तुुको आयातमा लाग्ने भन्सार दरमा कम्तीमा १० प्रतिशत फरक राख्ने, मदिरा र सुुर्तीजन्य वस्तुुबाहेकका अन्य  वस्तुुमा  अन्तःशुुल्क  हटाउने  रणनीतिमा  व्यवस्था गरिएको छ ।

    एकीकृत  व्यापार  लजिस्टिक्स  पूर्वाधार  विकास गर्ने र व्यापार सहजीकरणमा सुधार गर्ने, खाद्य गुणस्तर र बाली स्वास्थ्य मापदण्ड सुदृढ तुल्याउने, गुणस्तर पूर्वाधार सुधार र औद्योगिक उत्पादनको गुणस्तर मापदण्ड लागू गर्ने रणनीतिमा उल्लेख छ ।

     

     

     


    images
    images

    Logo